काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी प्रतिनिधिसहित विभिन्न सरोकारवालासँगको परामर्शपछि २७ भदौमा अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई नियुक्त गरेका छन्। उनको सपथ ८:४५ मा हुने भएको छ।
कार्कीले आजै राष्ट्रपतिबाट सपथ लिने भएकी छन्। सपथलगतै जेन-जीका प्रतिनिधिसँगको परामर्शमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य सुरु हुनेछ।
जेन-जीले गरेको आन्दोलनकै बीच २४ भदौमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ओलीको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेसँगै ओली नेतृत्वको गठबन्धन सरकार स्वतः विघटन भएको थियो।
जेन-जीले अन्तरिम सरकार गठनको मागसँगै संसद् विघटनको पनि माग गरेको थियो। अन्तरिम सरकार गठनमा सरोकारवाला सहमत भए पनि संसद् विघटनको प्रस्तावमा धेरैको विमति थियो। तर कार्कीको नियुक्तिअघि नै प्रतिनिधिसभा विघटन गरिएको छ।
कार्कीलाई २५ भदौमा भएको जेन-जीको बृहत् भर्चुअल बैठकमा गरिएको सर्वेबाट अन्तरिम सरकार प्रमुखमा अघि सार्ने टुंगो भएको थियो। कार्कीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले समर्थन गरेका छन्।
कार्की सरकारी दमनको विरोध गर्दै २४ भदौमा जेन-जीप्रति ऐक्यबद्धता जनाउन नयाँ बानेश्वर पुगेकी थिइन्। साथै सोही दिन घाइतेको अवस्था बुझ्न उनी मीनभवनस्थित सिभिल अस्पताल पुगेकी थिइन्। https://nepalnews.com/2025/09/12/sushila-karki-sworn-in-as-interim-government-chief-at-845/>>
२७ भाद्र २०८२
अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की
प्रतिक्रिया
ताजा समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन
२९ चैत्र २०८२
निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता
२ माघ २०८२
स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ
३ पौष २०८२
नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक
२८ मंगशिर २०८२
लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन
२७ मंगशिर २०८२
कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला
२७ मंगशिर २०८२