>
जनकपुर । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपनि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो ।>
>
माओवादीले विकासेसहित दुई मन्त्रालय माग गरेको थियो । तर, मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रालयसहित अर्को एक राज्यमन्त्री दिने बताएपछि सो पार्टी अन्तिम समयमा आएर सरकारमा सहभागी नभएको हो ।>
माओवादी असन्तुष्ट बनेपछि मुख्यमन्त्री यादवले उद्योग मन्त्रालय आफैँसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेस प्रदेशमा माओवादीबाहेकको १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।>>