>
सुनसरी । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हरिनगर गाउँपालिका सुनसरील सचेतनामूलक र्याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर हरिनगर गाउँपालिका सुनसरीले शुक्रबार हरिनगर बजारमा सचेतनामूलक र्याली निकालेको हो ।>
हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पालिका उपाध्यक्ष रिमझिम भगत लगायत सरोकारवालाहरु , विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।
>
>
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ ।
>>