मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २९ चैत्र २०७९
आगामी आर्थिक वर्षको बजेटका लागि महानगरद्वारा सुझाव संकलन

ATN khabar

विराटनगर / आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । 

महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प्रमुख संजीव भट्टराईलगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा  सहभागीहरुले बजेट निर्माण गर्दा आयमूलक, सीपमूलक तथा रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए । 

सो अवसरमा गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मा, सेतो गुराँस अध्यक्ष सरु केसी, हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, रिचमन्ट फेलोसिपका संजीव चापागाईं, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, माइती नेपालका कोशी प्रदेश संयोजक विनोद पोखरेल, सिविनका प्रदेश संयोजक वासु अधिकारी, सगरमाथा सामुदायिक विकास केन्द्रका दीपक राउतलगायतले बेरोजगारी समस्या बढ्दै गएको बताउँदै सीप सिकेर स्वरोजगार हुने गरी बजेटलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै उनीहरुले महिला हिंसामा परेकाहरुलाई राख्नका लागि अल्पकालीन आवासगृह महानगरले व्यवस्थापन गर्नुपर्ने, सामाजिक संघसंस्थाको क्षमता विकासमा ध्यान दिनुपर्ने लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत सुझाव दिएका थिए । महानगरले गरिरहेको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो र प्रभावकारी भएको भन्दै सहभागीहरुले आफ्ना निर्णयमा अडिग रहन उनीहरुले आग्रह पनि गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार