सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको वडा नं.७ अन्तर्गत साबिक घुस्की बजार देखि बिक्रमपुरको सशस्त्र बेस क्याम्प सम्म जाने बाटो तिब्रताका साथ निर्माण भई रहेको पालिकाले जनाएको छ ।
२.६ किलो मिटर अर्थात २६ सय मिटर लामो ४० फिट चौडा घुस्की बजार बिक्रमपुर जट टोल हुदै बेस क्याम्प बोर्डर सम्म जाने बाटो आशिष आशिर्वाद योगेशवर जे भि ले कुल लागत ६ करोड ८१ लाख ७३ हजार सात सय सैंतिस रुपैया उन्नान्बे पैसामा कालो पत्रे सडक बन्न लागिएको हो । >
>
सडक बन्दै गर्दा सडक फराकिलो गराउन र मापदण्ड अनुसारको सडक छुट्याउनका लागि पालिकाका अध्यक्ष हाजी गफार अन्सारीले पटक पटक आफैं उपस्थित भएर जेसिभि लगाएर बाँसको झाडी , फुसको घर टहरा हटाउँदै आएका छन् । आज पनि छ सात वटा घर टहरा हटाइएको अध्यक्ष अन्सारीले बताउनु भयो । पालिकाका सब इन्जिनियर भागवत कुमार रामले यस वर्ष ग्रेभेल कार्य सम्पन्न गरि वर्पा पश्चात अघिल्लो वर्षमा अस्फाल्ड प्रविधिको कालोपत्रे कार्य सम्पन्न गरिने पालिको योजना रहेको बताउनु भयो । त्यस सडकको दुवै पट्टि पक्कि नालाको पनि काम भई रहेको निर्माण व्यवसायीका सहयोगी अकिल अन्सारीले बताउनु भएको छ । >