मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

अर्थतन्त्र ६ वैशाख २०८०
निजी क्षेत्रले गर्‍यो भारततर्फ २०० मेगावाट बिजुली बेच्ने सम्झौता

ATN khabar
नेपाल र भारतका निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीले विद्युत् व्यापारको सम्झौता गरेका छन् । हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् ।

नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ । नेपेक्सले भारतको स्टिलमिन्टसँग २०० मेगावाट बिजुली बेच्न ‘पावर ट्रेड एग्रिमेन्ट’ गरेको हो ।

कम्पनीका निर्देशक उत्तम ब्लोनले पावर समिटका क्रममा २०० मेगावाट बिजुली व्यापारको सम्झौता गरेको बताए । उनले नेपाल सरकारले निजी क्षेत्रलाई बिजुली व्यापारको लाइसेन्स नदिए पनि आगामी दिनमा दिन्छ भन्नेमा आशावादी रहेको समेत बताए ।

‘यसअघि पनि हामीले भारतीय कम्पनीसँग बिजुली व्यापारको सम्झौता गरेर न्यूनतम मूल्य समेत तय गरेका थियौँ,’ ब्लोनले भने, ‘तर, सरकारले लाइसेन्स नै दिएन ।’ यसपटक पनि भावी दिनमा बिजुली व्यापारको अनुमति पाइने लक्ष्यसहित सम्झौता गरेको र यो सम्झौताले नेपाल–भारत बिजुली व्यापारमा आइपर्ने समस्या खुल्दै जान्छ ।

प्रतिक्रिया