मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २२ चैत्र २०७९
श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

ATN khabar

बुटवल । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिनुभयो ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले गिरीलाई पक्राउ गरेर अनुशन्धान अघि बढाउने तयारी गरेको जानकारी दिएको छ ।

धनकुटा बजारमा बिजुलीकाे नाङ्गो तार हटाइँदै

धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । बजार क्षेत्रमा विद्युत् लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको हो ।

पहिलो चरणमा धनकुटाको मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण धनकुटाका प्रमुख प्रह्लाद पोखरेलले बताउनु भयाे । धनकुटा नगरपालिका–७ नं. वडा कार्यालय र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ ।

सडक क्षेत्रमानगर प्रहरी खटाएर विद्युत् प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् । अब विद्युत् प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउनु भयाे ।

‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ । बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउन थालिएको हो ।’ उहाँले भन्नुभयाे ‘पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ । त्यसपछि विद्युत् प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै क्षेत्रमा नाङ्गो तार हटाउँछौँ।’

प्रतिक्रिया

सम्बन्धित समाचार