>
सुनसरी । हरिनगर गाउँपालिका र कोशी गाउँपालिकाका अध्यक्षहरु धार्मिक यात्राका लागि साउदी अरबको मक्का तर्फ प्रस्थान गर्नु भएको छ । >
>
साउदी अरबको मक्का मदिना गई उमरा गर्नका लागि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी लगायतका टिम आज विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल काठमाण्डौबाट प्रस्थान गर्नु भएको पत्रकार टोमराज मेहताले जानकारी दिनु भएको छ । >
>
नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा युवा पिढीका लोकप्रिय नेता डा.अबुल हुसेन अन्सारीले वहाँहरुलाई फूलको माला लगाई खादा ओढाएर सम्मानका साथ विदाई गर्नु भएको छ । >>