मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाको अध्यक्षमा यादव

ATN khabar
इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यपवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको बैठकले जयकृष्ण यादवको अध्यक्षतामा इनरुवा महासंघ समिति गठन गरेको हो ।

सुनसरी । इनरुवा नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ । इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यपवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको बैठकले जयकृष्ण यादवको अध्यक्षतामा इनरुवा महासंघ समिति गठन गरेको हो । यादव सरस्वती मावि बबिया इनरुवा ९ को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै महासंघका इनरुवा उपाध्यक्षमा भगवती मविका विश्वथान ओझा, सचिवमा देवकोटा आधारभुतका राकेश निरौला, उप सचिवमा नेपाल राष्टिय माविका निर्मल कुमार खवास सिंह र कोषाध्यक्षमा जनहित आधारभुत विद्यालयका देवका दाहाल कोईराला चयन हुनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा पुजा चौधरी( सिद्धार्थ आधारभुत विद्यालय), रामसुन्दर साह(जनकल्याण आधारभूत विद्यालय), कमल कार्की (जनता मा.वि.), शशि थापा मगर ( बुढासुब्बा आधारभुत विद्यालय), सत्य नारायण शर्मा खत्वे ( शिशु निकेतन आधारभुत विद्यालय), उमाकान्दत मेहता (गणेश नेरा आधारभुत विद्यालय) रहनुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालले शैक्षिक गुणस्तर सुधार र सामुदायिक विद्यालय सुधार तथा सार्वजनिक शिक्षा बलियो बनाउन विद्यालय व्यवस्थापन समितिहरुको बिचमा नीतिगत बहस तथा छलफल हुने थलोको रुपमा महासंघले काम गर्दै आएको बताउनुभयो । दंगालले शिक्षामा इक्छाशक्ती भएको खण्डमा सामुदायिक विद्यालयमा गुणस्तर सुधार हुने बताउनुभयो ।

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा शारदा माध्यमिक विद्यालय व्यपवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलले इनरुवाको शिक्षा तुलनात्मक रुपमा खस्केकाले प्रत्येक विद्यालयको अवस्था अवलोलन भ्रमण र अनुगमन गरेर योजना बताउनुपर्ने बताउनुभयो ।

महासंघका नवनिर्वाचित इनरुवा अध्यक्ष यादलले विद्यालयका प्रत्येक कक्षाका आमा समूह गठनदेखी कक्षा र विद्यालय अनुगमनसम्मको काम गर्दै सामुदायिक विद्यालयमा गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार