>
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले घुस्कीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य,ल्याबसेवा तथा निःशुल्क औषधि वितरण शिविर सम्पन्न गरेको छ । >
करुणा फाउन्डेशन ,नेपाल, मेडप नेपाल र सेभ द अर्थको सहयोगमा हरिनगर गाउँपालिका सुनसरीले सो निःशुल्क स्वास्थ्य, ल्याबसेवा तथा निःशुल्क औषधि वितरण शिविरको आयोजना गरेको हो ।>
>
डा.इमरान अन्सारी (युरोलोजिस्ट ) , डा. कासल अलि ,(चिनी रोग तथा मुटु रोग विशेषज्ञ) डा. स्वेता आर्याल (छाला तथा यौन रोग विशेषज्ञ) , डा. रमेश श्रेष्ठ(वरिष्ठ स्त्रीरोग विशेषज्ञ) ,डा. रिजवान अन्सारी ,डा. असदुल्लाह अन्सारी तथा बरिष्ठ ल्याव टेक्निसियन उदय चन्द लगायतका स्वास्थ्य चिकित्सक टोलीले सेवा प्रदान गर्नु भएको हरिनगर गा.पा.का स्वास्थ्य शाखा प्रमुख प्रकाश थापामगरले बताउनु भयो । हरिनगर गाउँपालिका साविक घुस्की हाल वडा नं६ र ७ का जनताहरु लाभान्वीत भएका छन् । साथै महिलाहरुको पाठेघरको क्यान्सर पत्ता लगाउने स्क्रिीनिंग समेत गरिएको बताइएको छ ।>
>>