>
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सुनसरी २ नम्बर क्षेत्रका निवर्तमान सासंंद भिम आचार्यसहित ५५ जना विरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालतमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित मुद्वा दायर गरेको छ ।>> अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ५ जना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।>> अख्तियारका अनुसार तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध मुद्दा दायर भएको हो ।>> नेपाल सरकारका पुर्व पर्यटन मन्त्री भिम आचार्यलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना प्रतिवादी रहेका छन ।>> सार्वजनिक पद धारण गरेका व्यक्तिको अभियोजन दर्ता हुनासाथ पद निलम्बनको कानूनी प्रावधान छ । >> नेकपा एमालेकाे आसन्न महाधिवेशनमा उपाध्यक्ष लड्ने तयारीमा रहेका भीम आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको राजनीतिक भविष्य दाउमा परेको छ । त्यसैले पनि आचार्यले उम्मेदवारी दर्ता गर्न पाउने छैनन् । >> पछिल्लोपटक सुनसरी- २ बाट २०७९ सालाकाे चुनावमा संघीय सांसद जितेका आचार्य उपाध्यक्षको दाबीसहित अध्यक्षसँग लाइन मिलाउने कसरतमा थिए । उनी नवौँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित भएका थिए ।>> माधव-झलनाथ समूहमा रहेका आचार्य १०औँ महाधिवेशनमा भने पदाधिकारी बन्नबाट रोकिए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनदेखि लगातार जित हासिल गर्दै आएका आचार्य २०७० सालमा पर्यटनमन्त्री बने । >> ५१ र ५६ मा भने उनी पराजित भएका थिए । नेकपा कालमा १० बुँदे समूहमा रहेका आचार्य कोशी प्रदेशको मुख्यमन्त्रीसमेत भए ।>> कोशीमा उनी निकटका प्रदेश सांसद नेकपा एसमा लाग्दा उनी एमालेमै रहे । नेकपा एमाले कोशीका इन्चार्ज समेत भएका आचार्य सुनसरी एमालेमा लामो समय नेतृत्वमा रहे । उनी लामो समय सुनसरी सचिव भए ।>> सुनसरी एमालेमा एकलौटी प्रभाव जमाएका आचार्य यस पटकको महाधिवेशनको प्रतिनिधि छनौटमा पनि प्रभाव जमाउन सफल भए । यसपटक भने मध्यमार्गी रूपमा प्रस्तुत हुँदै आएका थिए ।>> आचार्य मन्त्री भएकै बेला तत्कालीन एमालेका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालसँग विवाद भएपछि उनी बर्खास्तमा परेका थिए । >> आचार्य खनालका भतिजी ज्वाइँसमेत हुन् । उनी मन्त्री भएका बेला विमानस्थलको ठेक्का खनालले भने अनुसारका व्यक्तिलाई नदिएको चर्चा एमाले सुनसरीमा थियो । आचार्यले थाहा नै नपाई पद गएको भन्दै गुनासो गर्ने गर्थे ।>>
>>