मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

अर्थतन्त्र १२ असार २०८०
हरिनगर गाउँपालिका सुनसरीद्धारा अपांगता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण

ATN khabar
वर्षेनी वितरण गरिदै आएकोमा यस वर्ष पनि अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरेको हो ।

हरिनगर गाउँपालिका सुनसरीले अपांगता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण गरेको छ । वर्षेनी वितरण गरिदै आएकोमा यस वर्ष पनि अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरेको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले एक कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई हस्तान्तरण गर्नु भएको छ । वहाँले अपांग र सपांगमा कुनै भेदभाव नगरि समान अवसर र समान व्यवहार गर्नमा हरिनगर पालिका हमेशा कटिबद्ध रहेको बताउनु भयो । अपाँगता भएका व्यक्तिहरुलाई चाँड पर्व , विपद परेका बेला विशेष सहयोग गरिने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ । सो सहयोगी सामग्रीहरुमा व्हील चेयर ,कान नसुन्नेहरुका लागि  हेड एयर फोन , आँखा नदेख्नेहरुका लागि स्टिक छडी तथा तीन पाँग्रे साइकल समेत वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापा मगरले जानकारी दिनु भयो । सो अवसरमा उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्ष देवनारायण मेहता , प्रविण प्रसाद गुप्ता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Rupa Ram १२ असार २०८०, मङ्गलबार

Abhimanyu jatav

सम्बन्धित समाचार