>
काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको छ । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको हो ।>
>
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।>
जानकारी अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।>
यता, आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने स्पष्ट पारेका छन् । मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गरेको कुरालाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरणका रूपमा लिएका छन् ।>>