मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार खेल ९ फाल्गुन २०७९
नेपालको शानदार जितपछि प्रधानमन्त्रीले दिए नेपाली टीमलाई हार्दिक बधाई

ATN khabar
‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनु भएको छ । प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपालले रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ र सन्दीप लामिछानेको चोटिलो बलिङको सहयोगमा नेपालले आईसीसी विश्वकप लीग–२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेको हो । मङ्गलवारको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो । नेपालले ४४.१ ओभरमा लक्ष्य प्राप्त गर्दै दुई विकेटले खेल जित्यो ।

नेपाललाई विजय दिलाउन कप्तान पौडलले अविजित ९५ रन बनाए । उनलाई साथ दिएका अर्का खेलाडी करण केसीले ३१ रनको योगदान दिए । यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार