सुनसरी । कोशी गाउँपालिका सुनसरी साविक पश्चिम कुशाहा बस्ने रफिद अन्सारीको घरको वरण्डा राखिएको मोटरसाइकल दिन दहाडै चोरी भएको छ । >
रफिद अन्सारीको नाममा रहेको को ३८ प ३३४२ नम्बरको फिका ब्लु कलरको मोटरसाइकल शुक्रवार दिउँसो १२ बजे तिर चोरी भएको हो । शुक्रवार जुम्मा (नमाज) पढन गएका बेला एक जना मगन्ते साइकलमा आई साइकल बाटोमा छाडेर आँगनमा पसि वरण्डाबाट मोटरसाइकल लगेको सवारीधनि रफिक अन्सारीले बताए । पुरानो रंग रोगन गरेको साइकल लिएर वहाँको छरछिमेकमा चन्दा माग्न आएका कुरा छिमेकीहरुले बताएको अन्सारीको कथन छ । प्रहरीमा जाहेरी दिई सकेको र पत्ता लगाउनमा सबैमा वहाँले अपिल समेत गरेका छन् ।
>>