>
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ ।>
>
निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।>
यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।>>