मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

साफ यू–२० महिला च्याम्पियनशिप : नेपाल भारतलाई हराउँदै फाइनलमा

ATN khabar
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भारतबिरुद्धको खेलमा शानदार जित

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भारतबिरुद्धको खेलमा शानदार जित निकालेको छ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा भारतलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरेकी छिन्। पहिलो हाफको एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई नेपालले हराएको हो।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन्।

यस्तै खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन्। साथै खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन्।हराएको हो। खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन्।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन्। साथै खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन्।

नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस जित सँगै नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ भने फाइनलकाे तय गरेकाे छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो। हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ। भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ।

राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन्। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ। राउण्ड रोबिनको अन्तिम खेल आजै ७ बजे भुटान र बंगलादेशविरुद्ध हुदै छ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो। सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार