>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र पार्टी सदस्यबाटै हटाएका ढाकाकुरमा श्रेष्ठलाई सांसद पद कायमै रहेको फैसला गरेकै दिन सोमबार निर्वाचन आयोगले रास्वपाकी विन्दाबासिनी कंसाकार श्रेष्ठको स्थानमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ।>
रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले पार्टीको सिफारिसमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो।>
सोमबार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो।>
रास्वपाले एसिड आक्रमण खेपेकी बिन्दाबासिनी कंसाकारलाई सांसदको लागि सिफारिस गरेको थियो।>
>>