>
>
सुनसरी । बर्जु गाउँपालिकाका प्राविधिक शाखाका इन्जिनियर अजय कुमार मेहता घुस प्रकरणमा प्रकाउ परेका छन् । >
>
बर्जु गाउँपालिका सुनसरीका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु।२०,०००।– बीस हजार रुपैयाँ०घुस लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं। ५, पुल्चोक छेउबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।>>