मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार १९ माघ २०७९
मेरो मौनता आजसम्मका लागि मात्र हो : रवि लामीछाने

ATN khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् ।

           उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् ।

यद्यपि, पार्टीको सङ्कल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । यस विषयमा उनको पार्टीसमेत दुई धारमा विभाजित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार