मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

गठबन्धनबीच प्याकेजमा भागबन्डा !

ATN khabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरिसकेका छन् । सँगै दलहरूले तयारी थालेका छन् ।
सरकार गठनको प्रकृया प्रारम्भ भएसँगै सत्तारुढ गठबन्धनबीच पद बाँडफाँडको छलफल पनि सुरु भएको छ । औपचारिक अनौपचारिक रुपमा दलहरूले दावी प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाबी गरेका छन् भने गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले राष्ट्रपति दाबी गरेको छ ।

एकीकृत समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकमा गठबन्धनबीच ‘पावर सेयरिङ’ हुँदा राष्ट्रपति बटमलाइन बनाउने विषयमा छलफल भएको छ । सचिवालय बैठकमा राष्ट्रपतिमा बलियो दाबी गर्ने विषयमा सबै नेता एकमत देखिए ।

राष्ट्रपति दाबी गर्ने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले प्रधानमन्त्री भने दाबी नगर्ने भएको छ । ठूलो दलको हैसियतका आधारमा कांग्रेस र माओवादीलाई प्रधानमन्त्री पद छोड्ने सचिवालय बैठकको निष्कर्ष रहेको छ ।

अध्यक्ष नेपालले बैठकलाई ब्रिफिङ गर्दै गठबन्धनबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा प्याकेजमा सहमति गर्न लागेको बताएका थिए ।

राष्ट्रपति पदलाई बटमलाइन बनाउने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर, औपचारिक अनौपचारिक रुपमा सम्मानित नेता झलनाथ खनालको नाम राष्ट्रपतिका लागि चर्चामा रहेको छ ।

एकीकृत समाजवादीले राष्ट्रपति पदलाई बटमलाइन बनाए पनि गठबन्धनबीच भागबन्डा हुँदा सभामुख पाउने अनुमान हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार