मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार १४ कार्तिक २०७९
हाम्रो जिम्मेवारी काँग्रेस पार्टीका लागि अभियान

ATN khabar
सुनसरीको चर्चित निर्वाचन क्षेत्र नं.४मा नेपाली काँग्रेसलाई जिताउनका लागि पार्टी भित्र सुद्धिकरण र पहिचानलाई उजागर गर्दै युवाहरुको भेलाले हाम्रो जिम्मेवारी काँग्रेस पार्टीका लागि अभियानका साथ भुटाहा युवा परिचालन समिति गठन गरेको छ ।

भुटाहामा युवा परिचालन समिति गठन 

हरिनगर । सुनसरीको चर्चित निर्वाचन क्षेत्र नं.४मा नेपाली काँग्रेसलाई जिताउनका लागि पार्टी भित्र सुद्धिकरण र पहिचानलाई उजागर गर्दै युवाहरुको भेलाले हाम्रो जिम्मेवारी काँग्रेस पार्टीका लागि अभियानका साथ भुटाहा युवा परिचालन समिति गठन गरेको छ । 

विकाउ र ठेकेदारीको बिल्ला भिडाएर बदनाम गर्न खोज्ने कुप्रचारका विरुद्ध आउने भावी सन्ततिको पहिचान र अधिकारका लागि निस्वार्थ भावनाका साथ आधि रोटी खाऐंगे, काँग्रेसको जिताएँगे मुल मर्मका साथ अगाडी बढदै हरिनगर गा.पा. वडा नं.१र२ साविक भुटाहाका लागि भुटाहा युवा परिचालन समिति गठन भएको हो ।

 हामी बिकाउ होइन , हामी ठेकेदार होइन , हाम्रा अग्रज सुलेमान मियाँ, डा.खलिल आजाद , नकछेदी महतो जस्ता महान प्रजातान्त्रिक योद्धाहरुको सपना साकार पार्न र भावि सन्ततिलाई बदनामीको बिल्लाबाट मुक्त राख्नका लागि कसैको दान दक्षिणाका भरमा होइन ,आफनै सामर्थमा युवाहरु अग्रसर भई नेपाली काँग्रेसको योग्दानलाई जीवन्त र घर घरमा नेपाली काँग्रेसको पहिचान कायम राख्नका लागि हाम्रो जिम्मेवारी नेपाली काँग्रेसका लागि अभियान सहित अगाडी बढेको संयोजक अकिल अन्सारीले बताउनु भयो । 

नेपाली काँग्रेसले यस क्षेत्रका जनताका लागि गरेका योग्दान ,लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो दायित्व,अग्रजहरुको अस्मरणीय बलिदानलाई उजागर गर्दै सफल ,सक्ष्म र इमान्दार नेतृत्व विकासका लागि हामी युवाहरु एक ढिक्का भई अगाडी बढने प्रतिबद्धता सहित अगाडी बढेको ,यस अभियानमा सम्पूर्ण युवाहरु सहभागी हुन सह संयोजक जलाल अन्सारीले आग्रह गर्नु भएको छ । नेपाली काँग्रेस , युवा प्रचार नेटवर्कका केन्द्रिय सदस्य ताविल अन्सारीको आतिथ्यमा  सम्पन्न सो भुटाहाका अगुवा युवाहरुको भेलाले संयोजक अकिल अन्सारी सहसंयोजक जलाल अन्सारीको नेतृत्वमा २५ सदस्यीय युवा परिचान समिति गठन गरेको छ । साथै साविक रामनगर भुटाहाका ९ वटै वार्डहरुमा वार्ड स्तरीय युवा परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया

Keshari raj adhikari. १४ कार्तिक २०७९, सोमबार

विशेष सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

Keshari raj adhikari. १४ कार्तिक २०७९, सोमबार

विशेष सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार