मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्‍याली

ATN khabar
विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्‍याली निकालेको हो ।

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्‍याली निकालेको हो ।

न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौ, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना र्‍यालीमा सहभागि रहेका थिए  ।

विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्ता दिनसम्म नि:शुल्क ओपीडि सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धि उपचार सेवाको लागि हस्पिटलले ओपीडि सेवा नि:शुल्क राखेको छ । स्वास्थ्य जाँच गरिएका विरामीहरुको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ । 

न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मुलक कर्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरुमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर  लागी पर्दै अभियान सुरू गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीहरूको लागि रोजाइको पहिलो गन्तब्य बन्ने गरेको छ । 

प्रतिक्रिया