>
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्बसम्मत संसदीय दलको नेता चयन भएका छन् । प्रज्ञा भवन कमलादीमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।>
ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुबास नेम्बाङले समर्थन गरेका थिए । प्रस्तावलाई सांसदहरुले सर्बसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन् ।>
दलको बैठकअघि एमाले जनताको रोजाईको पहिलो पार्टी कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई बधाई दिएका थिए ।>>