काठमाडौं । केही बर्ष अघि आफै लोडसेडिङ खेप्दै आएको नेपाल विद्युतमा छिमेकी मुलुक भारतको साहारा बन्न थालेको छ । लक्ष्मीपूजाका दिन मात्र ३८० मेगावाट बिजुली भारत निर्यात भएको छ ।>
सोही दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत भएको छ । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो ।>
सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी रहेको छ ।
>
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । यसवर्ष लक्ष्मी पूजाका दिन पिक देशभित्रको १४०० मेगावाटको डिमाण्ड हुने प्राधिकरणको अनुमान रहेको थियो । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरेको छ ।>
लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो ठूलो परिणाम हो । अब विस्तारै भारतमा उच्च माग रहेकाले नेपालको विद्युत निर्यात बढ्ने अपेक्षा गरिएको छ ।>>