>
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि मिडियासँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।>
>
उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताएका छन्।>
उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’>
प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए ।>
>>