>
इनरुवा । सुनसरी जिल्ला भरिका आम उपभोक्ताहरुको हकहितका लागि कृयाशिल उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन भएको छ । इनरुवाका अधिवक्ता राजु ढकालको अध्यक्षतामा गठन गरिएको सो उपभोक्ता मञ्च नेपाल सुनसरी शाखाको उपाध्यक्षमा जमुना गौतम पोखरेल , सचिवमा पर्शुराम दुलाल , सहसचिवमा जेकै संपाग राई र कोषाध्यक्षमा राधिका दाहाल चयन भएका छन् । यसै गरि सदस्यहरुमा जयकृष्ण यादव, अबइन्द्र निरौला, उमेश राई, बिमला लम्साल, किसोर कोईराला, सुनिलकुमार साह, सरिता कार्की, रियन्द्र प्रसाद गुरागाई चयन भएका छन् । >
>>