मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ३१ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय

ताविल अन्सारी

नेपाली कांग्रेसले नेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य तोड्ने तयारी गरेको छ।

प्रदेश सरकारहरूमा एमालेको भूमिका र व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सातवटै प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको हो।

कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक भएको छलफलपछि एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालिएको पार्टी स्रोतले जनाएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार अब सातै प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइनेछ।

यसअघि नै कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई हटाइएको छ। कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सञ्चालनमा छ।

अब बाँकी प्रदेशहरूमा पनि कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्य टुट्ने सम्भावना बढेको छ। कांग्रेसले नयाँ राजनीतिक समीकरण बने सरकारमा रहने र सहमति नजुटे सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्ने विकल्पबारे छलफल गरिरहेको जनाएको छ।

सत्ता सहकार्यमा आएको यो दरारले प्रदेश सरकारको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।

#NepaliCongress #UML #NepaliUpdate #NepaliNewsToday

प्रतिक्रिया

सम्बन्धित समाचार