मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

पर्यटन विकास गर्न विराट दरबार देखि बर्जुताल सम्मको म्याराथन दौड

ATN khabar
कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटराजाको दरबार क्षेत्रदेखि सुनसरीको पर्यटकीय क्षेत्र बर्जुतालसम्म हाफ म्याराथन गराएको हो ।

विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ ।

कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटराजाको दरबार क्षेत्रदेखि सुनसरीको पर्यटकीय क्षेत्र बर्जुतालसम्म हाफ म्याराथन गराएको हो ।

उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रममा कोशी प्रदेशका सासद अमृत अर्याल नेपाल सेना, नेपाल प्रहरी र सशस्त्रका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
हाप म्याराथनमा महिलालाई रानी भेडियारीदेखी मलाय रोड सम्म ५ किलोमिटर म्याराथन दौड गराइएको थियो । म्याराथनमा कोशी प्रदेशका विभिन्न जिल्ला र विभागिय टिमहरुको सहभागिता रहेको थियो ।

यसैविच पुरुष तर्फ भाग लिएका खेलाडीहरुले विराटनगरको भेडियारीदेखि बर्जुतालसम्म २३ किलोमिटरको दुरी पार गरे । म्याराथनमा नेपाली सेनाका नरेन्द्रसिंह रावल प्रथम भए । उनले २३ किमी १ घण्टा १७ मिनेट २८ सेकेन्डमा पार गरेर नगद १ लाख पुरस्कार प्राप्त गरे।

त्यस्तै नेपाली सेना कै कुमार शाहीले १ घण्टा १८ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेर ७५ हजार हात पार्दा बैतडीका म्याराथन धावक मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दुरी पार गरेर तेस्रो स्थान हासिल गर्दै ५० हजार नगद प्राप्त गरे ।

त्यसैगरी, नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गरेर नगद १५ हजार सानत्वना पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार