मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

मानसिक विरामीको उपचार गर्दै पुरुष नर्सहरु

ATN khabar

गणेश लम्साल   
मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै  पुरुष नर्सहरु छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका  विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच गर्ने,  समयमा औषधी खुवाउने , रगत तान्ने , हिस्ट्री लिने , रेकर्ड राख्नुदेखी , ईसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरु पठाउने र रिर्पोट अभिलेखिकरण गरेर राख्नेदखी डाक्टरहरुलाई विरामीको अवस्था व्रिफिङ गर्नेदेखी  विरामी र उनीहरुका कुरुवालाई काउन्सिलिङग गर्ने काम उनीहरु जिम्मेवारी पुर्वक गर्नेगर्दन  ।यति मात्र नभएर कति सिकिस्त विरामीहरुलाई दिसापिसाब गराउन शौचालय लानेदेखी लुगा फेरिदिने मात्र नभएर औषधी नखाने विरामीहरु कसैलाई फकाएर त कसैलाई चुर्ण बनाएर औषधी खुवाउने  काम पनि गर्नेगर्छन। विरामीको प्रभावकारी सेवा गरेकै कारण्  विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरु छैनन त्यहाँ  सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरुले नै सेवा दिइरहेका छन ।  
उसैपनि नर्स भएर विरामीको सेवा गर्नु सजिलो काम हैन । यसकालागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनका लागि मृदृभाषी , लगनशिल र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक विरामीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपुर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका विरामीहरु कोही मानसिक रुपले विक्षिप्त भएका हुन्छन भने कोही चिच्याउने कराउने , होल्हल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन । प्रायले आफुलाई विरामी मान्दैनन र औषधी र खाना पनि पनि खान चाहदैनन झगडा गर्छन । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन ।
विरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफुहरु थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्नका लागि जोखिम मोलेर भएपन नर्स भएर विरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ । निरज जस्तै तीन बर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम  लिएका विजय राजवंशी , मनोज मेहता , प्रशासन्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरु पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन । ‘हामीहरु पुरुष मात्र नभएर असक्त्त महिला बालबालिका र जेष्ठनागरिक सबै असक्त्त विरामीहरुलाई कुनै भेदभाव नगरि   कडा र जटिल खाले सबै  विरामीहरुको झर्को नमानी सेवासुश्रृषा गर्छौ ’, मानसिक विभागमा दुई बर्षदेखी नर्स भएर विरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता र उनका साथीहरु बताउँछन । सन्तुष्ट हुनेगरि सेवा गरेकै कारण  आजसम्म कोही पनि विरामी र कुरुवाहरुले असन्तुष्टि नजाएको बरु सबैले प्रशंसानै गरेको पुरुष नर्सहरु बताउँछन ।
कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति विरामीहरु होसवास नभएका पनि हुन्छन भने कति चाँही कुटपिट गर्ने र आफुमाथि हिँस्रक व्यवहार गर्नेहरु पनि हुन्छन । कतिपयले मौका खोजेर आफुलाई घात गर्नेदेखी आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन । यसैले सेवामा खटिएका नर्सहरुले चौबिसै घण्टा सर्तक हुनुपर्दछ । आफुहरुको सजगता  र धैयर्ताकै कारण आजसम्म कुनै अप्रिय घटना हुनपाएको र बरु उपचारमा आएका विरामीहरु पनि निको भएर अस्पतालबाट डिस्र्चाज भएको नर्स सिकेन्द्र यादव बताउँछन ।  
मानसिक विभागमा भर्ना भएका विरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरुले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार  सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका  रेसिडेन्सियल ईन्र्चाज  चिकित्सक डाक्टर शिर्षकदिप श्रेष्ठ वताउँछन ।
 
प्रतिक्रिया