मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १ चैत्र २०७९
गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो : कांग्रेस

ATN khabar

काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुस १० गते गठबन्धन जोगाउन नसके पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएर लयमा फर्किएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्दै खड्काले गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

बैठकको सुरूवातमै सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषय उपसभापति खड्कालाई जानकारी गराउन भनेका थिए । त्यसपछि पुस १० गतेको घटनाक्रमबारे उपसभापति खड्काले भने, ‘पुस १० गते परिस्थितिले गठबन्धन जोगिएन । तर, फेरि हामी लयमा फर्किएका छौं । रामचन्द्रजीलाई राष्ट्रपति बनाउन सफल भयौं । अब हामी गठबन्धनमा छौं । गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले, राप्रपासहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेलादेखि कांग्रेस प्रतिपक्षी बेन्चमा छ । कांग्रेसले पुस २६ मा भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । त्यसको डेढ महिनामा कांग्रेस–माओवादीसहितको ९ दलीय गठबन्धन बनेको हो । राप्रपा र एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका छन् ।

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । दाहालले विश्वासको मत लिएपछि कांग्रेसलगायतका दल सरकारमा जाने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार