मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

अर्थतन्त्र १० जेठ २०८०
१० महिनामै अढाई खर्बका कृषिजन्य वस्तु आयात, दुध जापान र मासु अस्ट्रेलियाबाट !

ATN khabar

काठमाडाैं । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो। चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म साढे २ खर्ब रूपैयाँका कृषि तथा वस्तुजन्य वस्तु विदेशबाट आयात भएको छ। स्वदेशमै उत्पादन गर्न सकिने सामान पनि विदेशबाट ल्याउनुपर्ने भएपछि व्यापार घाटा बढ्दै गएको हो।

नेपालीको भान्सामा पाक्ने चामल, माछामासु, तेल, प्याज, आलु, धनिया आदि भारत, चीन लगायत विभिन्न मुलुकबाट आयात हुन्छ। नेपालको माटोमा फलाउन सकिने एभोकार्डो युगान्डा र केन्या, अंगुर भारत र चीनबाट तथा किबी युनाइटेड अरब इमिरेट्स र ग्रिसबाट आयात भइरहेको छ। कफीका पारखी नेपालीले साइप्रस, इथोपिया, हङकङ, थाइल्यान्ड, बेलायतबाट आयातित कफी प्रयोग गरिरहेका छन्। कृषिजन्य वस्तु मात्र नभएर माछामासुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था छ। भेडाको मासु अस्ट्रेलियाबाट आयात हुन्छ भने दुधका परिकार जापान, भारत, कतार, बेलायतबाट ल्याइन्छ।

चालु आर्थिक वर्षको १० महिनामा चामल लगायतका खाद्यान्न खरिदमा ४७ अर्ब २९ करोड रूपैयाँ विदेश गएको छ। तयारी खाद्यवस्तु ११ अर्ब ६९ करोड रूपैयाँ, तरकारी २७ अर्ब ५३ करोड, फलफूल तथा मसला १६ अर्ब १९ करोड, चिया, कफी, मसला ६ अर्ब ६४ करोड रूपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ। त्यसैगरी, सुर्तीजन्य वस्तु २ अर्ब ७६ करोड, डेरी प्रोडक्टलगायतका वस्तु २१ अर्ब १९ करोड, तोरी, तेल, फलफूल लगायतका बिउ २० अर्ब रूपैयाँका आयात भएको भन्सार विभागको तथ्यांक छ।

याे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार