मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर किसानलाई अनुदानमा कृषि यन्त्र :धान खेती सम्बन्धि तालिम पनि

ATN khabar
हरिनगर गाउँपालिकाले प्रधानमन्त्रि आधुनिक कृषि परियोजना अन्र्तगत पकेट कार्यक्रममा छनौटमा परेका कृषक समुहका किसानहरुलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्र , सिँचाईका लागि भुमिगत बोरिंग ,त्रिपाल लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।

हरिनगर किसानलाई अनुदानमा कृषि यन्त्र :धान खेती सम्बन्धि तालिम पनि
ताविल अन्सारी
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्रका हरिनगर गाउँपालिकाका किसानहरुलाई अनुदानमा कृषि यन्त्र तथा धान खेती सम्बन्धि तालिम दिएका छन् ।
हरिनगर गाउँपालिकाले प्रधानमन्त्रि आधुनिक कृषि परियोजना अन्र्तगत पकेट कार्यक्रममा छनौटमा परेका कृषक समुहका किसानहरुलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्र , सिँचाईका लागि भुमिगत बोरिंग ,त्रिपाल लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।

 हरिनगर गाउँपालिका ५ स्थित बसन्तपुरको मेहता बस्तीकाश्री लक्ष्मी कृषक समुहका  किसानहरूलाई चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख लक्ष्मी महतोले जानकारी दिनुभयो ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान पकेट कार्यक्रममा आवद्ध भएका २५ जना किसानलाई एक साथ विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको जनाएको छ । हरिनगर कृषि शाखाले दिएको जानकारी अनुसार धान पकेट सञ्चालक समितिमा आवद्ध भएका किसान मध्ये सात जनालाई बोरिगं गडाई सहित पम्प सेट, ६ जना किसानलाई मोटर , १४ जनालाई पावर स्पेयर , ६ जना डिजिटल काटा , दुई जनालाई ड्रम सिट प्याड, एक जनालाई ब्रस कटर , आठ जनालाई अनाज सुकाउने त्रिपाल, एक हजार ५० केजी धानको विउँ, ३०० केजी जिंक, किटनाशक ८ लिटर, ५०० केजी कृषि चुन वितरण गरेको छ । दुई वर्ष अघि स्थापना भएको विभिन्न समूह र कृषिमा आवद्ध धान किसानलाई समावेस गरि समिति बनाएको थियो । सामूहिक धान खेती प्रवर्धन गर्ने गरि स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा कृषि औजार दिएको छ ।
कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रममा हरिनगरका अध्यक्ष गफार अंसारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, गाउँपालिका कृषि शाखा प्रमुख लक्ष्मी महतो, पालिका स्तरीय कृषक समुह हरिनगरका अध्यक्ष शिवहरी श्रेष्ठ ,प्राविधिक भुवनेश्वर यादव, सुवन कुमार चौधरी, राधेश्याम पंडित, संचालक समितिका अध्यक्ष कदमलाल मेहता र रामेश्वर मेहता सहितको उपस्थिती रहेको थियो । गाउँपालिका कृषि शाखाको पहलमा गाउँमा किसानलाई ५० प्रतिशत अनुदानमा रिपर, मिनि टेलर,पम्पसेट, मोटर र बोरिगं सहित विभिन्न कृषि औजार तथा उपकरण हस्तान्तरण गर्दा किसानहरु  निकै खुसी व्यक्त गर्दै पालिकालाई धन्यवाद दिएका थिए । यसै गरि यस अघि हरिनगर गाउँपालिका वडा नं.३ र ४ का किसानहरुलाई आधुनिक कृषि यन्त्र तथा३ दिने  धान खेती तालिम दिई सकेको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया