मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १ श्रावण २०८१
गठबन्धन सरकारमा दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नभएको चौतर्फी आलोचना

ATN khabar

सुनसरी । नेपाली काँग्रेस र नेकपा(एमाले) सहितको बर्तमान ओली गठबन्धन सरकारको मन्त्रिमण्डलमा दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नगराएको चौतर्फी आलोचना भई रहेको छ । समावेशी सिद्धान्तको उलङघन भएको व्यापक गुणासाहरु समाजिक सञ्जालमा आउने गरेका कारण वर्तमान सरकारको आलोचना भई रहेको हो । वर्तमान सरकारमा जनजाती , मधेशी , आदिवासी थारु समुदायबाट प्रतिनिधित्व भई मन्त्रिमण्डलमा समेटिए पछि दलित र मुस्लिम समुदायबाट एक जना पनि नसमेटिएकाले समाजिक सञ्जालमा चौतर्फी आलोचना भई रहेको देखिन्छ ।
नेपालको प्रजातान्त्रिक एक मात्र राजनितिक दल नेपाली काँग्रेस जसमा विगतका दिन ९० प्रतिशत भन्दा बढि मुस्लिम समुदाय समाहित थिए र अहिलेको अवस्थामा पनि ६० प्रतिशत भन्दा बढि मुस्लिम समुदायहरु नेपाली काँग्रेसमा नै रहेका छन् । चुनावी परिणाम हेर्दा र विश्लेषण गर्दा मुस्लिम समुदायको वाक्लो उपस्थिति रहेको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस नै प्रायः विजय भएको तर नेपाली काँग्रेसले मुस्लिम समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरि रहने सरकारमा प्रतिनिधित्व नगराउने हो भने नेपाली काँग्रेसले मुस्लिम समुदायबाट ठुलो क्षति व्यहोर्नु पर्ने अवस्था आउन सकने मुस्लिम संघ ,सुनसरीका अध्यक्ष हारुन अन्सारीले बताए । वहाँका अनुसार सुनसरीको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्र नेपाली काँग्रेसले गुमाई सकेको र एक मात्र क्षेत्र सुनसरी क्षेत्र नं. ४ मा मुस्लिम समुदायको नेपाली काँग्रेसमा स्व. विपी कोइराला देखिको लगाव र वफादारीका कारण जित्न सफल भएको स्मरण गर्दै यसरी नेपाली काँग्रेसले वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराएकोले मुस्लिम समुदायबाटै नेपाली काँग्रेसप्रति चर्को आवाज र विरोधका स्वरहरु उठन थालेकाले यस तर्फ ध्यान नदिए ०८४मा सुनसरी नेपाली काँग्रेस शुन्यको अवस्थामा आउन सकने र यसको जवाफदेही स्वयम् नेपाली काँग्रेसका शिर्ष नेताहरुले दिनु पर्ने समेत बताए ।।यसै गरि नेपाली काँग्रेसका भातृसंगठन मुस्लिम संघ नेपाल कोशी प्रदेशका सचिव नइम अन्सारीले वर्तमान सरकारमा नेपाली काँग्रेसको तर्फबाट मुस्लिम समुदायको प्रतिनिधित्व नभएको दुःखद भएको ,यस तर्फ शिर्ष नेताहरुले पुर्नविचार गर्नु पर्ने साथै कोशी प्रदेश सरकारमा फेरबदल हुँदा नेपाली काँग्रेसबाट पुरै प्रदेशमा एक जना मात्र निर्वाचित सुनसरी क्षेत्र नं.४ खका प्रदेश साँसद डाक्टर इसराइल मन्सुरीलाई प्रदेश सरकारमा सामेल गराउनका लागि अनुरोध गर्नु भएको छ ।
सुनसरी क्षेत्र नं. ४ मा पार्टी सभापति शेरबहादुर देउवा निकट ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताउन मुस्लिम समुदायका अगुवा नेता हाजी गफार अन्सारी , अयुब अन्सारी , अजमल हुसैन , हारुन अन्सारी , डा. अबुल हुसेन अन्सारी लगायतका नेताहरुले अहोरात्र खटेको ,मुस्लिम समुदायलाई कार्की माथि भरोसा दिलाएर भोट दिलाई निर्वाचित गराएको तर वर्तमान सरकारमा मन्त्रिमण्डलमा प्रतिनिधित्व गराउनका लागि वहाँले मुस्लिम समुदायलाई बिर्सेको अहिले यस क्षेत्रमा व्यापक चर्चाको विषय बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार