मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १३ अशोज २०८०
हरिनगर गाउँपालिकाले आउने चाँडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा , धार्मिक सदभाव कायम राख्न र उछृंखल तत्वहरुको पहिचान गरि कडा निगरानी राख्ने तर्फ सचेतता अपनाउन पहल

ATN khabar

हरिनगर गाउँपालिकाले आउने चाँडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा , धार्मिक सदभाव कायम राख्न र उछृंखल तत्वहरुको पहिचान गरि कडा निगरानी राख्ने तर्फ सचेतता अपनाउन पहल थालेको छ । आज बिहान ८ बजे हरिनगर गाउँपालिका वडा नं. १ र २ साविक भुटाहा बजारमा रहेको दुर्गा मन्दिरमा दुर्गा माताको मुर्ति बनाएर वडा दशैं पर्व मेला मनाउने वर्षेनी हुँदै आएको कार्यलाई शान्ति सुरक्षा , धार्मिक सदभाव कायम गनै भनि गा.पा. अध्यक्ष गफार अन्सारी मियाँ , १ नं. वडाध्यक्ष प्रविण प्रसाद गुप्ता , २ नं. वडाध्यक्ष महमद अन्सारी ,४ नं. वडाका वडाध्यक्ष देवनारायण मेहता , कार्यपालिका सदस्य शुसिल कुमार ठाकुर , उद्योग वाणिज्य संघ हरिनगरका अध्यक्ष अनिरुद्ध प्रसाद गुप्ता , समाजसेवी कौशल कुमार कर्ण , जलेश्वर स्वर्णकार , बब्लु ठाकुर , रामलोचन गुप्ता , नागेश्वर प्रसाद गुप्ता ,भुटाहा प्रहरी चौकीका प्रमुख , भुटाहा सशस्त्र प्रहरीका प्रतिनिधि , पत्रकार ताविल अन्सारी समेतको बैठकले निर्णय गरेको छ । साथै साँस्कृतिक नाच गान भन्दा खेलकुद विकास तर्फ ध्यान दिएर कुस्ती खेलको आयोजना गरिने समेत निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीले यस पालिको देशको केही भुभागमा सम्प्रदायिक सदभाव बिग्रएको अवस्था लाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका वा सुनसरी जिल्लामा नै धार्मिक सदभाव कायम तथा अप्रिय घटना हुन नदिनका लागि दुवै समुदायका भदभलादमीहरुको यस्तै बैठक बसि निर्णय लिने र कडा निगरानी बढाउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार