मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

भारतका लागि नेपाल बन्यो साहारा : लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

ATN khabar

काठमाडौं । केही बर्ष अघि आफै लोडसेडिङ खेप्दै आएको नेपाल विद्युतमा छिमेकी मुलुक भारतको साहारा बन्न थालेको छ । लक्ष्मीपूजाका दिन मात्र ३८० मेगावाट बिजुली भारत निर्यात भएको छ ।

सोही दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत भएको छ । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो ।

सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी रहेको छ ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । यसवर्ष लक्ष्मी पूजाका दिन पिक देशभित्रको १४०० मेगावाटको डिमाण्ड हुने प्राधिकरणको अनुमान रहेको थियो । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरेको छ ।

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो ठूलो परिणाम हो । अब विस्तारै भारतमा उच्च माग रहेकाले नेपालको विद्युत निर्यात बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार