मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २० माघ २०७९
हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन शिलन्यास सम्पन्न

ATN khabar
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवनको शिलन्यास भएको छ ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवनको शिलन्यास भएको छ । 

सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्रि माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो प्रशासनीक भवनको हिन्दु तथा इस्लामिक विधिअनुसार शिलन्यास गर्नु भएको हो । सो गाउँपालिकाको  भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ । सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने भएको छ ।

भवनको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनको निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताउनु भयो  । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको  बहाँले बताउनु भयो । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गफार अन्सारीको सभापतित्वमा सम्पन्न शिलन्यास कार्यक्रममा प्रमुख अतिथि संघिय साँसद ज्ञानेन्द्र बहादुर कार्की , विशिष्ट अतिथि सुनसरी क्षेत्र नं.४ क र ख का प्रदेश साँसद माननीय सदानन्द मण्डल, इसराईल मन्सुरी , नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहता, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , प्रहरी उपरीक्षक प्रभु ढकाल, नेकपा समाजवादीका केन्द्रिय सदस्य महफुज आलम अन्सारी , हरिनगर गा.पा.का प्रशासकीय अधिकृत तुलाराज थापा मगर ,भवनका लागि चन्दा दाता तुलाराम सेठिया ,तुलसी लोहनी समेतका उपस्थिति रहेको थियो । कुल ८ करोडमा बन्ने सो प्रशासनीक भवन अति नै सुविधायुक्त भवन बन्ने प्रावधिक शाखाका ई. मुकेश राउतले जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार