मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १३ माघ २०७९
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

ATN khabar
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्र प्रमुख चयन हुनुपर्नेमा जोड दिएको हो ।

बैठकमा बोल्ने अधिकांशले संवैधानिक भूमिका रहने भए पनि राष्ट्रपति चयन गर्दा सबै पाटा र पक्षलाई ख्याल गर्न सक्ने र सबैको स्वीकार योग्य व्यक्ति आवश्यक रहेकामा जोड दिइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने विषयमा नै अधिकांश स्थायी समिति सदस्यले आफ्ना धारणा राख्नुभएको छ । हामीले दलहरूसँग छलफल गर्छौ । कहाँ राष्ट्रिय सहमति हुन्छ ।”

बैठकमा विभिन्न पार्टीसँग पछिल्ला दिनमा भएका पार्टी एकतासम्बन्धी छलफलका क्रममा भएका विषयमाथिको प्रतिवेदन उपाध्यक्ष महराले पेश गर्नुभएको थियो ।

बैठकमा पार्टीको सङ्गठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गर्नुभएको थियो । माओवादीको स्थायी समिति बैठक यही माघ १६ गते बिहान ११ बजे पुन बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार