मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार खेल १६ वैशाख २०८०
कुवेतलाई हराएर इतिहास रच्दै नेपाल फाइनलमा पुग्यो

ATN khabar
कुवेतलाई हराएर इतिहास रच्दै नेपाल फाइनलमा पुग्यो

काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको उपाधि नजिक पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो। डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो। फाइनलमा जित निकाले नेपालले एसिया कपमा विश्वविजेता भारत र पाकिस्तानसँग खेल्नेछ ।

कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको थियो । खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकियो ।

कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिए । एक विकेट सोमपाल कामीले लिएका हुन्। यसअघि पनि खेल वर्षाका कारण प्रभावित बनेको थियो।

प्रभावित हुँदा ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो। यस्तै २८२ रनको लक्ष्यलाई पनि डिएलएस मेथडबाट २८१ रनको लक्ष्य बनाइएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्यसमा डिएलएस मेथडबाट २८१ रन लक्ष्य राखिएको थियो।

सुरूमा बलिङ गरेका करण केसीले रन नदिइ पहिलो विकेट लिएका थिए। उनले अड्नान एड्रिसको विकेट लिएका हुन्। त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले पर्विन्दर कुमारको विकेट लिएका हुन्। उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो।

तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले फेरि अर्को विकेट लिएका हुन्। उनले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए।

करण केसीले छैटौं ओभर सिराज खानको चौथो विकेट लिएका थिए। त्यस्तै आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन्।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे।

कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४–४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।

करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। अन्तिम एक बल बाँकी हुँदा ललितले मैदानमा प्रवेश गर्ने मौका पाएका थिए । बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३–३ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित समाचार