मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

‘कम्तीमा पाँचलाई राज्यविरुद्ध अपराधमा मुद्दा’

ATN khabar
टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजाललाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।

आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर शनिबार तयार गरिएको प्रतिवेदन काठमाडौं प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ ।

अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पूर्व र बहालवाला आरोपितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार र अन्यका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत थप अनुसन्धानका लागि लेखी पठाउनुपर्ने राय छ ।

‘राज्यविरुद्धको अपराध र किर्तेको हकमा भने प्रतिवादीको भूमिका, संलग्नता र सार्वजनिक ओहदाअनुसार सजाय मागदाबी लिन राय दिइएको छ,’ प्रहरीका एक उच्च अधिकारीले कान्तिपुरसँग भने । तथ्य र प्रमाणले खुलेअनुसार कानुनका बलिया दफा लगाएर सजाय मागदाबी गर्न प्रहरीले राय दिए पनि मुद्दा कमजोर बनाउन राजनीतिक र प्रशासनिक शक्तिकेन्द्रले पर्दा पछाडिबाट निरन्तर चलखेल गरिरहेकाले ढुक्क भइहाल्ने स्थिति नरहेको स्रोतले जनाएको छ ।   source :ekantipur

प्रतिक्रिया

सम्बन्धित समाचार