विराटनगर । नेपाल उद्योग परिसंघ ( सीएनआई ) प्रदेश नम्बर १ को आयोजनामा आजबाट विराटनगरमा ‘ सीएनआई कोसी एक्स्पो २०२३ ’ शुरु भएको छ। एक्स्पोको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घाटन गरेका छन।>
आयोजक संस्थाका अनुसार ३ सय ७० वटा स्टल रहेको मेला १० दिनसम्म चल्ने छ। सीआईएनका प्रदेश अध्यक्ष भीम घिमिरेका अनुसार एक्स्पोमा ती स्टलहरूमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादन राखेका छन् ।>>