मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

खेल २१ चैत्र २०८०
नेपाल एसएमएस फ्रेन्डशिप कपको फाइनलमा

ATN khabar

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित दर्ता गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनल प्रवेश गरेको छ । तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा २२ रन चाहिएकोमा प्रतिश जिसीले सुरुवातमा वाइड गरे । त्यसपछि लगातार दुई बलमा हर्ष देसाईले दुई चौका प्रहार गरे । तेस्रो बलमा उनले एक रन मात्र प्रहार गर्न सके । त्यसपछिको तीन बलमा मात्र तीन रन आएपछि नेपालले जित दर्ता गर्न सफल रह्यो ।

गुजरातका लागि कप्तान उमङ्ग रोहितकुमारले २४ बलमा सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले १६ बलमा २९ रन प्रहार गरे । अभिषेक देसाईले २० तथा प्रियेश पटेलले १७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २-२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट १८१ गुमाउँदै रन बनायो ।नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए । उनले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै १८औं ओभरमा पेभेलियन फर्किएका थिए ।

नेपालको सुरुवात नै उत्कृष्ट रहेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरे । सो साझेदारी कुशल ४४ बलमा ९ चौका र २ छक्का सहित ६७ रन बनाएर १४औं ओभरमा आउट भएपछि टुटेको थियो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेल ७ बल खेल्दै ३ रन बनाएर १६औं ओभरमा आउट भए । त्यसपछि आएका सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।

अन्तिम ओभरमा थप दुई विकेट खस्यो । गुलशन झा ४ र अनिल कुमार शाह बिना कुनै रन ध्रुशान्त सोनीको शिकार बने । विवेक कुमार यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे । गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २-२ विकेट लिए ।

नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ३ खेलमा २ अंक छ भने बरोडा अंकविहिन छ ।

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।

बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार