मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २६ चैत्र २०८०
हरिनगर गाउँपालिकाद्धारा जीवन मेहता कुटपिट घटना छानविनका लागि छानविन समिति गठन

ATN khabar

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको चैत्र २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले हरिनगर ३ बस्ने जीवन मेहतालाई कुटपिट भएको घटनाको सम्बन्धमा  सत्य तथ्य छानविन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न  छानविन समिति गठन गरेको छ ।
हरिनगर गाउँपालिका वडा नं.५ का वडाध्यक्ष सिकमलाल यादव को संयोजकमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो । सदस्यहरुमा क्रमशः वडा नं १ का वडाध्यक्ष प्रविण प्रसाद गुप्ता , वडा नं.३का वडाध्यक्ष देवनारायण मेहता, वडा नं.३ का वडाध्यक्ष अरविन्द कुमार मेहता तथा सचिवमा हरिनगर गाउँपालिकाका कर्मचार प्रशासन प्रमुख रमेश कुमार स्वर्णकार रहेका छन् । यसै गरि जीवन मेहतालाई कुटपिट भएको घटना प्रति यस हरिनगर गाउँपालिका दुखः व्यक्त गर्दछ । कुटपिटबाट घाइते भएका जीवन मेहताको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे निजको उपचार खर्चमा लाग्ने नपुग रकम यस गाउँपालिकाबाट व्यहोर्ने साथै उक्त घटनाबाट उत्पन्न भएको प्रदर्शनको क्रममा घाइते भएका आम जनता, सञ्चारकर्मी एवम् सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । साथै जीवन मेहतालाई कुटपिट भएको घटनाको बिरोधमा प्रदर्शनकारीहरुले नागरिकहरुको धन सम्पत्ति, सार्वजनिक सम्पत्ति तथा यस हरिनगर गा.पा. कार्यालयको कार्यालय भवनमा तोडफोड गरी क्षति पुर्याएको हुँदा सो क्षतिको सम्बन्धमा आवश्यक कार्वाहीका लागि कार्य अगाडि बढाउन गा.पा. अध्यक्षलाई अधिकार दिने निर्णय गरेको छ ।
घटनाको बिरोधमा प्रदर्शन हुँदा जनताको सुरक्षामा खटिएका प्रहरी प्रशासनबाट कमी कमजोरी भएकोले आगामी दिनमा यस किसिमको कमी कमजोरी हुन नदिन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गर्ने निर्णय भएको छ । घटनाको बिषयलाई लिएर एक आपसमा रहि आएको सामाजिक सद्भाव र सहिष्णुतालाई खलल पुर्याउने गरी बाहिरी हस्तक्षेप भईरहेकोले सो कार्य रोक्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कार्वाहीका लागि लिखित रुपमा अनुरोध गर्ने निर्णय गरिएको छ ।
.सुनसरीको बराहक्षेत्रमा १२ वर्षमा एकपटक लाग्ने पूर्ण महाकुम्भ मेला यही मिति २०८० साल चैत्र २७ गते देखि २०८१ साल बैशाख २८ गते सम्म आयोजना हुने गइरहेको पूर्ण महाकुम्भ मेला सुनसरीबासीहरुका लागि सौभाग्य तथा गौरवको विषय भएकोले यसलाई सभ्य र भव्यका साथसफल बनाउनु हामी सुनसरी बासीहरुको नैतिक जिम्मेवारी भएकोले पूर्ण महाकुम्भ मेला सफल बनाउनका लागि सबैमा हार्दिक अपिल गर्ने, महाकुम्भ मेलामा सहभागी हुन आउने सम्पूर्ण आगन्तुक, धर्मावलम्बी तथा भक्तजनहरुलाई आ–आफनो ठाउँबाट मानवीय सहयोग, स्वागत तथा धार्मिक सहिष्णुता कायम राख्दै शान्तिपूर्ण तरीकाबाट महाकुम्भ मेलालाई भव्यताका साथ सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरियो ।  साथै इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान (रोजा) को समाप्ति सँगै मनाईने पर्व इदुल फित्र (इद) को समेत सबैमा हार्दिक शुभकामना ब्यक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार