मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १४ चैत्र २०७९
माधव नेपालको पार्टीमा अहिलेसम्मकै ठूलो धक्का

ATN khabar
नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई ठूलो धक्का लागेको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले नै पार्टी छाड्नु भएको छ ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई ठूलो धक्का लागेको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले नै पार्टी छाड्नु भएको छ ।

नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो। एक महिना अघिदेखि नै उहाँले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो।

अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष न्यौपाने एमालेमै फर्कने चर्चा रहेको छ । एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भन्नुभएको थियो ।

तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बन्नुभएको थियो ।

दुवै जना नेताले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन ब्यूताएर नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनबिरुद्ध अभियान छेडेकोले सो कामलाई सहमति जनाउन नसकिने बताउनु भएको छ ।

सोही कारण यो पार्टीमा हामी रहन सक्दैनौं हामी अलक हुन्छौ भनेर दिएको राजीनामा स्वीकृत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार