मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन

ATN khabar
केहीदिन अघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीहरुले विहीबार हरिनगर १ को रामनगर भुटाहा प्रहरी चौकी, ६ को घुस्की प्रहरी चौकी, देवानगञ्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोच सम्मको अनुगमन गरिएको छ ।

इनरुवा । जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले विहीबार सीमाबाट हुने अवैध चोरी तस्कारी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ । केहीदिन अघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीहरुले विहीबार हरिनगर १ को रामनगर भुटाहा प्रहरी चौकी, ६ को घुस्की प्रहरी चौकी, देवानगञ्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोच सम्मको अनुगमन गरिएको छ ।

प्रहरी चौकीहरु निकै पुरानो र जिर्ण रहेको भएपनि जनताको शान्ती सुरक्षामा खटिनुभएका प्रहरीको कार्यको प्रसंसा गर्नुहुदै सीमाबाट हुने अवैध ओसारपसार, चोरी तस्कारी पूर्ण रुपमा नियन्त्रण गर्न चौकीका इन्चार्जहरुलाई निर्देशन दिएको छ । नागरिकको शान्ती सुरक्षा सहित चोरी तस्कारी पूर्ण रुपमा नियन्त्रण गर्न चौकीका इन्चार्जहरुलाई निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

उहाँले सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका सवालमा बुधबार मात्रै सीमापारीको दुईदेशीय सुरक्षा अधिकारीको बैठकमा छलफल भएकाले त्यसको कार्यन्पयन गर्न भोली पल्ट नै अनुगमन गरिएको बताउनुभयो ।

प्रहरी चौकी र सीमाको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्तीसुरक्षा मजबुत राख्न प्रहरीलाई निर्देशन दिएको उहाँको भनाई छ । प्रजिअ पाण्डेले सुनसरीको सीमावर्ती क्षेत्रको प्रहरीको कार्यालय, बस्ने, भान्सा कोठा, नुहाउने, खाने समेत स्थानको अनुगमन तथा निरीक्षण गरिएको बताउनुभयो ।

अनुगमनमा प्रजिअ पाण्डेसहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, प्रहरी नायव उपरीक्षक राजकुमार राई, सशस्त्र प्रहरी नायव उपरीक्षक विजय कुमार चौधरी तथा राष्टिय अनुसंधानका निरीक्षक अरुण कुमार यादवको सहभागिता रहेको थियो ।

सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गर्नुभएको थियो ।

स्थनाीयहरुका अनुसार कोसी प्रदेशका तराईका जिल्लामध्ये सुनसरी शान्ति सुरक्षाको हिसाबले सामान्य तर संवेदनशीलमा क्षेत्रमा पर्छ । भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी, मानव बेचबिखन लगायतका घटना हुने गरेको गुनासोका बीच यस्ता घटना नियन्त्रणका लागि सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको स्थनाीयहरुको प्रतिकृया छ ।

निगरानी स्वरुप सीमा क्षेत्रको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, छोटी भन्सार र सीमा क्षेत्रको अनुगमन गर्दै नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरी सकृयता बढाएको सशस्त्र सीमा सुरक्षा प्रहरी बलले विभिन्न समान बरामत गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । उता प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सुनसरी भन्सार कार्यालय कोसी ब्यारेज सुनसरी प्रमुख गणपती कडेल सहितको टोलीले अनुगमन गरेकोले नागरिकहरुमा सीमा सुशासानको आशा पलाएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताउनुभयो । स्रोत ः सत्य सञ्चार

प्रतिक्रिया

सम्बन्धित समाचार