मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २२ चैत्र २०७९
सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन सुनसरीको हरिनगरबाट दुई जना पक्राउ

ATN khabar

 इनरुवा। सामाजिक सञ्जालमार्फत पेस्तोलसहित देखिएका दुई जनालाई सुनसरी प्रहरीले हरिनगर गाउँपालिकाबाट बुधबार अबेर पक्राउ गरेको छ ।

केही दिनअघि सुनसरी हरिनगर–१ का अमरकुमार गुप्ताले इटालियन पेस्तोलजस्तो देखिने हतियारसहितको आफ्नो फोटो सामाजिक सञ्जालमा प्रकाशन गरेपछि सुनसरीमा सुरक्षा थ्रेट बढेको चर्चा हुन थालेपछि सुनसरी प्रशासनले बुधबार अबेर गुप्तालाई पक्राउ गरेको हो । गुप्तासँगै अन्य एक जना सहयोगी समेतलाई प्रहरीले पक्राउ गरेको छ सुनसरीको सोही गाउँपालिका वडा नम्बर २ का रोशन साहसमेत अहिले प्रहरीको हिरासतमा छन् ।

पक्राउ परेका गुप्ताले केही दिनअघि एक समुदायलाई लक्षित गर्दै त्रास फैलाउन हतियारसहितको आफनो तस्बिर सञ्जालमा हालेपछि सुनसरी प्रशासनले गुप्तामाथि निगरानी बढाएको थियो । उनी एक अन्तर्राष्ट्रिय जातीय संगठनसँग आबद्ध भई हरिनगरबाट नेपालमा आफ्नो काम गर्दै आएको आरोपसमेत उनीमाथि विगतदेखि लाग्दै आएको छ ।

यता, सुनसरी प्रहरीका उपप्रमुख राजकुमार राईले घटनाको गहिरो अनुसन्धान थालिएको बताएका छन् । यता उनको घटनामा अनुसन्धान प्रभावित पार्न गिरोहसमेत सक्रिय भइसकेको बताइन्छ । स्रोतका अनुसार सुनसरी प्रहरीले दबाबका बीच घटना अनुसन्धान गरिरहेकाले अनुसन्धान प्रभावित हुनसक्ने आशंका देखिएको छ ।

तर यसबारे सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले मानिससहित फेला परेको सामान हतियारजस्तो देखिए पनि खेलौना अर्थात लाइटर रहेको बताउँदै यही सामानको आधारमा उनले कहीँकतै धम्क्याई अशान्ति फैलाएकोबारे खोजी गरिरहेको प्रतिक्रिया दिएका छन् । तर प्रहरी प्रमुख ढकालको यस्तो प्रतिक्रियाप्रति हरिनगरका केही सर्वसाधारणले भने आशंका व्यक्त गरेका छन् ।

पक्राउ परेका गुप्तालाई नक्कली हतियारमा उनको सक्कली हतियारलाई परिवर्तन गरी प्रहरीले मुद्दा कमजोर पार्न लागिपरेको उनीहरुको आरोप छ । तर यस्तो आरोप पूर्ण कपोलकल्पित रहेको प्रहरी प्रमुख ढकालको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार