मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २५ मंगशिर २०८२
अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्छु : देउवा

ATN Khabar

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार हुनेबारे पार्टीका कार्यकर्ताहरूलाई जानकारी दिन थालेका छन्।

गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।

‘सभापतिज्यूसँग आज कुराकानी गरेको थिएँ, उहाँले अन्तिम पटक म डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने पक्षमा छु भन्नुभयो,’ भट्टले भने।

भट्टले भने युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने कुरा राखेका थिए। ‘चुनाव उठ्ने, नउठ्ने कुरा चाहिँ तपाईंले नै निर्णय लिनुहोस्,’ सभापति देउवालाई भट्टले भनेका थिए।

कतिपयले सभापति देउवा अब चुनाव नलड्ने आकलन गर्दै आएका थिए। तर गृह जिल्लाका युवाहरूसँगको भेटमा सभापति देउवाले आफू अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्न चाहेको र सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार