मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

सुनसरी कर्मथलो र भोजपुर जन्मथलो: सञ्चारमन्त्री कार्की

ATN khabar
सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी कर्मथलो र भोजपुर जन्मथलो भएको बताउनुभएको छ । सुनसरीको इनरुवामा दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कार्कीले सुनसरीलाई समृद्ध बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी कर्मथलो र भोजपुर जन्मथलो भएको बताउनुभएको छ ।

सुनसरीको इनरुवामा दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कार्कीले सुनसरीलाई समृद्ध बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।

नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले सुनसरीको समग्र विकास र समृद्धिका लागि निर्वाचनमा पुनः होमिएको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचनको बेलामा गलत प्रचार प्रसारमा नलाग्न सबैलाई आग्रह गर्नुभयो । चुनाव जिते पनि, नजिते पनि बाँकी जीवन समाज सेवामा समर्पित गर्ने मन्त्री कार्कीको भनाई छ ।

उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित, भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार