मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

ATN khabar

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो। 

पटकपटक नम्बर फेरेर गृहकै गाडीमा गिरोहले ओसार्थे पैसा, गाडी नियन्त्रणमा

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको छ।

प्रहरीले बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।

अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीले बताएको छ।

यसअघि पनि उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको प्रहरी स्रोतले बतायो। कुनै समयमा उक्त गाडीको नम्बर बा १ झ १५८१ पनि थियो।

गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो। अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार यो गाडीको नम्बर फरकफरक कार्यालयको भनेर फेरिएको पाइएको छ।

'कहिले संस्थाको भनेको छ, कहिले मन्त्रालयको भनेर दुई-चार पटक नम्बर प्लेट फेरेको पायौं,' स्रोतले भन्यो।

गिरोह उक्त गाडी प्रयोग गरी चितवन पुगेको पाइएको प्रहरी स्रोतले बताएको छ। विदेश पठाउने भन्दै कतिपय मानिसहरूलाई चितवन बोलाएर गिरोहका सदस्यहरूले अन्तर्वार्ता लिएका थिए। सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन गिरोहका सदस्यहरू सोही गाडी चढेर चितवन पुगेका थिए।

सो गाडी गृह मन्त्रालय अन्तर्गत हज समितिको हो। यो समितिले नेपाली मुसलमानहरूलाई हज गर्न साउदी अरेबिया लैजाने व्यवस्था गर्छ। अहिले उक्त समितिका अध्यक्ष शमशेर मिया पनि फरार छन्।

यो प्रकरणमा मियाको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो गाडी कसले चलाएर चितवन पुर्‍याएको थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। सेतो नम्बर प्लेटको गाडी भएकाले पनि सहज रूपमा आवतजावत हुने गरेको थियो।

गृह मन्त्रालयका धेरै सवारी चालक प्रहरी नै हुन्छन्। त्यसैले पनि उनीहरूलाई सहज भएको हुनसक्ने प्रहरी अधिकारीको अनुमान छ।

अहिले यो गाडी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

यही प्रकरणमा पक्राउ परेका गिरोहका सदस्य सन्देश शर्माले भने कुनै समय टोपबहादुर रायमाझीको गाडी चढ्ने गरेको प्रहरी स्रोतले बतायो।

अरू गाडी आफूले चढ्न लायक नभएको बताएपछि रायमाझीले उनलाई आफ्नै गाडी चलाउन दिएको समेत प्रहरीले बतायो। उनी अहिले प्रहरी हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १४ जना प्रहरी हिरासतमा छन्।

प्रहरीले अहिलेसम्म १३ जनाको बयान लिइसकेको छ। नेपाली कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाको भने बयान लिन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार