मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १९ चैत्र २०७९
नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा कार्की

ATN khabar
नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् ।

विराटनगर। नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्द्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला तिम्सिना, सचिवमा नन्दुकुमार खवास, उपसचिवमा प्रतिमा ओझा, यमन निरौला, अनन्त निरौला, कोषाध्यक्षमा जिवन् खड्का र सह–कोषाध्यक्षमा तुलसी गोयल चयन भएका हुन् । 

त्यसैगरी सदस्यहरुमा तेजु श्रेष्ठ, अजय धाडेवा, इशा पौडेल, मनिषा माझी, रिता साह, सन्ध्या थापा (लामिछने), लक्ष्मी पोखरेल, अर्चना थापा मगर, नितेश सारडा, चन्दनकुमारी दास, शम्भु अटल, मनोज शर्मा, भागवत नेपाल र रमेशकुमार साह चयन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज चेतन निरौलाले सपथग्रहण गराएका थिए । 

सो अवसरमा बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईले सम्पूर्ण उद्योगी व्यवसायी संगठीत हुनुपर्नेमा जोड दिए । उनले नेपाल उद्योग व्यवसायी महासंघले आम उद्योगी व्यवसायीक हक अधिकारका लागि लड्दै आएको बताए । 

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज निरौला, विराटनगर महानगर कमिटीका निवर्तमान अध्यक्ष अधिकारी, जिल्ला कमिटी उपसचिव खेमराज नेपालले नवनिर्वाचित कमिटीका पदाधिकारी  र  सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई शसक्त ढंगले अगाडी बढाउन सुझाव दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार